पोखरा, असोज ३१ गते । तिहारको अवसर पारेर कालिका मावि, पोखरा-३३, आँपुभन्ज्याङ, कास्कीले शुक्रवार विद्यालयमा देउसी भैलो प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा
आधारभूत तह (कक्षा १-५) तर्फ कुसुम नेपाली, सामिया कुँवर, जेनी मगर र विनिसा
पाण्डेको समूह पहिलो र मेग्ना राजबाहक,
अनुज गुरुङ, अनमोल ओली, दिया सुनार र आशिका गुरुङको समूह दोस्रो भए । यस्तै कक्षा
६-१० तर्फ सफला सुनार, मन्जिता गुरुङ, सुनीता खत्री, कृतिका केसी, सागर खत्री, रवि
खत्री र आयुष सुनारको समूह पहिलो र दीक्षा गुरुङ, करिष्मा केसी, समीक्षा खत्री र शिवानी
गुरुङको समूह दोस्रो भएका थिए ।
प्रतियोगिताका
विजेतालाई विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, सहायक प्रधानाध्यापक
बालकुमारी थापा, सहकार्यकलाप विभागकी संयोजक लक्ष्मी गिरीलगायतले पुरस्कार वितरण
गरेका थिए ।
सहायक
प्रधानाध्यापक बालकुमारी थापाको अध्यक्षतामा भएको प्रतियोगिताका निर्णायकहरूमा
सविता दिवाल, मानकाजी विक र शिवप्रसाद पौडेल रहेका थिए ।
कार्यक्रमको
सञ्चालन विद्यार्थीद्वय कृतिका केसी र सन्दिप विकले गरेका थिए ।
No comments:
Post a Comment