कालिका मावि, पोखरा

अपडेट


Sunday, November 23, 2025

कालिकामा प्रतिभा प्रस्फुटन प्रतियोगिता (फोटो फिचर)

November 23, 2025 0

पोखरा, मङ्सिर ७ गते । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा प्रतिभा प्रस्फुटन प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीहरूले गीत, कविता, अभिनय जस्ता प्रतिभा प्रस्तुत गरेका प्रतियोगिताका विजेताहरूका लागि २०७५ मा एसइई पास गरेका पूर्व विद्यार्थीहरूले पुरस्कारको व्यवस्थापन गरेका थिए ।

प्रतियोगितामा माध्यमिक तहतर्फ सागर खत्री, सफला सुनार र मन्जिता गुरुङ, आधारभूत तहतर्फ वर्षा सुनार, शिवानी गुरुङ र सुवासना श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । यस्तै आधारभूत तह (कक्षा १–३) तर्फ आशिका गुरुङ, आयुषा सुनारी मगर र प्रतीक सुनार क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । 

यसै गरी सोही अवसरमा भएको खुला चित्रकला प्रतियोगितामा माध्यमिक तहमा रवि खत्री र सन्ध्या परियार, आधारभूत तहमा मौसमी राजबाहक, करिस्मा केसी, आइतीमाया तामाङ, ओम तामाङ, मेग्ना राजबाहक र अलिमा ओली उत्कृष्ट भएका थिए । कक्षा ८ का रक्षक श्रेष्ठ, कक्षा २ की उषा घले र बालविकासका सिमियुन तामाङले प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिताका निर्णायकहरूमा आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गिरी र पूर्व विद्यार्थी भुवन थापा निर्णायक रहेका थिए । विजेताहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा, विद्यालय व्यवस्थाप समितिका सदस्यद्वय खिमबहादुर खत्री र कृष्णकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।




























पूरा पढ्नुहोस्>>>>

Friday, November 21, 2025

कालिका माविलाई पूर्वविद्यार्थीद्वारा विविध सामग्री हस्तान्तरण (फोटो फिचर)

November 21, 2025 0



पोखरा, मङ्सिर ६ गते । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीहरूले विभिन्न सामग्री हस्तान्तरण गरेका छन् ।

सो विद्यालयबाट २०७५ सालको एसइई उत्तीर्ण विद्यार्थीहरूले विद्यालयका प्रत्येक कक्षाकोठामा पङ्खा जडान गर्नुका साथै बिजुलीको थप व्यवस्थापन गरेका छन् । विद्यार्थीहरूले शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा र प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद तथा स्टेसनरी सामग्रीसमेत हस्तान्तरण गरे । समूहका सुशील विक, मदन आचार्य र सुरेश गुरुङले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा पूर्व विद्यार्थी सुशील विकले आफूहरूले विद्यालयप्रतिको कर्तव्यबोधका कारण सकेको सहयोग गरेको बताए । उनले आफूहरूसँग पैसा भएर नभई सबैलाई आफू पढेको विद्यालयप्रतिको कर्तव्य स्मरण गराउनका लागि पनि यो कार्यक्रम गरेको बताउँदै समग्र विद्यालय परिवारलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम लिएर विद्यालय आउने प्रतिबद्धता जनाए । उनका अनुसार सामग्री खरिद गर्नका लागि देशभित्र र बाहिर रहेका पूर्व विद्यार्थीहरू सञ्जय विक, सुस्मिता सुनार, प्रकाश पुन, कार्तिक बानिया, सुरेश गुरुङ, सुबोध गुरुङ, पूर्णिमा श्रेष्ठ, शिवराज चापागाईँ, सुशील विक, प्रीति श्रेष्ठ, मन्दिप रानाभाट, पवित्रा लामा, मदन आचार्य र भुवन थापाको सहयोग रहेको छ ।
सहायक प्रधानाध्यापक बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाले विद्यालयलाई पूर्वविद्यार्थीहरूले गरेको सहयोगप्रति धन्यवाद दिँदै अन्य विद्यार्थीहरूलाई पनि आफूले सकेको सहयोग गर्न आग्रह गरे ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माले विद्यालयले क्रमशः राम्रा काम गर्दै गएको बताउँदै पूर्वविद्यार्थीहरूले पनि विद्यालयको हितमा काम गर्नका लागि जोडिनु सुखद भएको बताए । कार्यक्रमको सञ्चालन शिक्षिका सिर्जना महतले गरेकी थिइन् ।









पूरा पढ्नुहोस्>>>>

Tuesday, October 21, 2025

देउसी भैलो कार्यक्रम २०८२ का केही झलक !

October 21, 2025 0

 कालिका माविको सहयोगार्थ तिहारका अवसरमा मितिः २०८२ कार्तिक १ र २ गते सञ्चालित देउसी भैलो कार्यक्रमका केही झलक तस्बिरमाः

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् !




































































































































पूरा पढ्नुहोस्>>>>

Post Top Ad