पोखरा । पोखरा-३३, आँपुभन्ज्याङ, कास्कीस्थित कालिका माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
जुनियर
र सिनियर गरी दुई तहमा सम्पन्न प्रतियोगितमा सिनियरतर्फ गण्डकी सदनका सन्ध्या विक,
कृतिका केसी, प्रसिद्ध बानिया र आयुसा सुनारको समूह प्रथम भएको छ । त्यसै गरी
कर्णाली सदनका दिव्या सुनार, विश्वास पाण्डे, सुवर्ण श्रेष्ठ र शिवानी गुरुङको
समूह द्वितीय भएको छ ।
जुनियरतर्फ
धौलागिरि सदनका कुसुम नेपाली, मार्बिन गुरुङ र आशिका गुरुङको समूह प्रथम तथा
माछापुच्छ्रे सदनका आइतीमाया तामाङ, जेनी मगर र आयुसा सुनारी मगरको समूह द्वितीय
भएका छन् ।
विजेताहरूलाई आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेल र अतिरिक्त क्रियाकलाप विभागकी सदस्य सृजना महतले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख लक्ष्मी गिरीले गर्नुभएको थियो भने सहजीकरण सहायक प्रधानाध्यापक बालकुमारी थापाले गर्नुभएको थियो ।
No comments:
Post a Comment